पोखराबाट स्कुटर चोरी गरेर प्युठान पुर्‍याएपछि...

पाेखरा | जेठ १२, २०८१

पोखराबाट स्कुटर चोरी गरेर प्युठान पुर्‍याएपछि...

पोखरा:    स्कुटर चोरी गरेको आरोपमा प्रहरीले प्युठानका रेकम बुढाथोकीलाई प्रकाउ गरेको छ । 


पोखराको नयाँबजारबाट चोरी भएको स्कुटर सहित बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो । 


पोखरा महानगरपालिका–९ नयाँबजारबाट जेठ २ गते ग १५ प २४७५ नम्बरको स्कुटर  हराएको सूचनापछि खोजतलाज गर्दा फेला नपरेपछि अन्यत्र जिल्लामा समेत लैजान सक्ने हुँदा हुलियासहित खोजतलाजका लागि पठाउँदा प्युठानमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 


स्कुटर हराएको सूचनापछि खोजतलाजको क्रममा प्युठान प्रहरीले स्कुटर सहित ३६वर्षीय बुढाथोकीलाई प्रकाउ गरेको हो । 


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्